६ असार, काठमाडौं, मधेश प्रदेशसभामा पेश गरेको बजेटमा भन्दा फरक योजना र रकम उल्लेख गरेर रातो किताबमा धेरै योजनाहरु समावेश गरेको पाइएको छ ।मधेसमा सरकारी प्रणालीमा नै प्रवेश गरेर बजेटको रातो किताबमा जथाभावी योजना र बजेट राखेको पाइएको हो ।
१ असारमा मधेश सरकारका अर्थमन्त्री भरतप्रसाद साहले अगामी आर्थिक वर्ष २०८१र८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएका थिए । उनले तयार पारेको बजेट पुस्तिकामा भन्दा तीन अर्ब रुपैयाँ भन्दा बढीको योजना फरक परेको स्रोतको दाबी छ ।
प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली पीएलएमबीआईएस मा नै प्रवेश गरेर जथाभावी योजना र बजेट राखेको भन्दै सत्तारुढ र विपक्षी दलहरुले विरोध जनाएका छन् ।